मोरङ : मोरङको सुन्दरहरैँचामा १० वर्षीया बालिकामाथी यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नगरपालिकाको १२ नम्बर वडाका ४५ वर्षीय जनक चौधरी रहेको इलाका प्रहरी कार्यालयल विराटचोकले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीले ती बालिकालाई बुधबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने सुचनाका आधारमा गएको प्रहरीको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको इलाका प्रहरी कार्यालयल विराटचोकले जनाएको छ ।














Discussion about this post