ताप्लेजुङ : नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेका छन् ।
लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिएका छन् ।
पक्राउ पर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।














Discussion about this post