मोरङ : नेपालीको दोश्रो महान चाड तिहार नजिकिदै गर्दा अवैधरुपमा मोरङको सिमा नाकाबाट भित्रिने पटकालाई प्रहरीले कडाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अवैधरुपमा लुकाएर भारतबाट भित्र्याउने क्रममा विभिन्न समयमा ३ लाख भन्दा बढीको पटका नियन्त्रणमा लिइएको थियो । ती पटकाहरुलाई स्थानीय प्रतिनिधिहरुको रोहबरमा आइतबार मोरङ प्रहरीले नष्ट गरेको जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार प्रहरीले ३ लाख ३४ हजार ८ सय बराबरको पटकाहरु नष्ट गरेको हो ।
ती पटकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post