ताप्लेजुङ : ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, छ जना घाइते छन्।
गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो।
बिरामी लिएर बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।














Discussion about this post