झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ वर्षीय प्रदीप बस्नेत रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बस्नेतमाथि इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post