मोरङ : बैकिङ कसुर मुद्धाका व्यक्तिलाई उच्च अदालत बिराटनगरको २०७८–०१–१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएकामा फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान १६ का ५२ वर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह (RIT) बिराटनगरबाट गएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।












Discussion about this post