इटहरी : आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा एउटै परिवारका पाँच जना बिरामी परेका छन् ।
उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दीलिप गिरीका अनुसार यहाँका श्रेष्ठ थरका परिवारले बारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका हुन् ।
उनीहरुको विराटनगरको नोबेल अस्पतालमा उपचारको लागि लगिएको छ ।
्
Discussion about this post