मोरङ : मोरङको विराटनगर महानगरपालिका १५ स्थितमा रहेको १ नम्बर ढाटबाट लागूऔष सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला धनकुटा नगरपालिका १ हिले बस्ने २३ वर्षीय विवेक तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post