झापा : झापाको दमक नगरपालिका ६ फागुनन्द चौक मा रहेको पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० वर्षिय पवन लिम्बु, दमक १ का ३५ वर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ वर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ वर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ वर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ वर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ वर्षिय राज कुमार श्रेष्ठ रहेका छन् ।
हिजो बेलुका गोप्य सुचनाको आधारमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु १ लाख ५७ हजार र तीन बुङ तास सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post