झापा : झापाको गौरीगंज गाउँपालिका २ पिण्डानघुटुस्थित खोलामा माछा मार्न गएका एकजना पुरुषको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ वर्षीय भीम सोरेन रहेका छन् । शनिबार साँझतिर माछा मार्न गएका उनी बिहानसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा प्रहरीले खोलामा डुबेर मृत अवस्थामा फेला पारेको हो ।
घटना सबन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post