झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलमा लागूऔषध अफिमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत फ्रोजपुर का २५ वर्षीय केयर सिंह र भारत मौगाका २५ वर्षीय सुखजित सिंह रहेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भारतबाट नेपाल आउँदै गरेको उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post