इटहरी : सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार इटहरी ४ बाट दुईजनालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
टीका राईको घरको कोठामा खानतलासी गर्दा लागूऔषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित टीका राई र सोही स्थानका १९ वर्षीय धनकुमार राईलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै, इनरुवा नगरपालिका ३ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राहा–नरसिंह ५ का २० वर्षीय सरोज मन्सुरी र २१ वर्षीय हारुण मन्सुरीको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्रामसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post