झापा : झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बसपार्क एरियाबाट इलाम नगरपालिका १० का ३६ वर्षीय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी बुद्धशान्ति गाउँपालिका ३ बाट लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेको जिल्लाका डिएसपी बसन्त पाठकले बताए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका ११ सङ्खुवासभाका ३० वर्षीय दीपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगरपालिका ४ की १९ वर्षीया सङ्गीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post