झापा : झापाको दमक नगरपालिका–५ बाट तास खेलिरहेको अवस्थामा दुई महिलासहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
दिपेश भट्टराईको खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ४० हजार रुपैयाँसहित तीन बुङ तास पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ५ का ३९ वर्षीय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाउँपालिका १ का ४२ वर्षीय बबिन सुब्बा, दमक नगरपालिका ५ का ५८ वर्षीया लक्ष्मी ढकाल, सोही ठाउँकी ३४ वर्षीया कमला राई, ४० वर्षीया बिमला तामाङ र कमल गाउँपालिका ३ का ५१ वर्षीय राजकुमार खड्का रहेका छन् ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले गए राति तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको हो । उनीहरूलाई जुवा मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post