इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकामा छापा मारेको छ । मंगलबार (आज) पालिकामा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।
खरिद र भुक्तानीमा अनियमितता गरेको आरोपमा पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको थियो । सोही आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
पालिकाको कागजात नियन्त्रणमा लिन र स्थलगत अनुसन्धानका लागि टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयबाट विशेष टोली खटिएका थिए ।
पालिकाले ५ लाखभन्दा माथिको खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरी परेको छ ।
Discussion about this post