मोरङ : कोशी अस्पताल अगाडी सन्चालनमा रहेको फार्मेसी र चिया पसलमा मदिरा सेवन गरी तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति कोसी अस्पताल अगाडि रहेको फार्मेसी र नास्ता पसल तोडफोड गरेको आरोपमा विराटनगर महानगरपालिका– ९ का २६ वर्षीय राकेश झा, २० वर्षीय राजा राउत र २३ वर्षीय मनिष राउत प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले ब्रिटिस फार्मेसी र औषधि पसलसँगै रहेको चियानास्ता पसलमा तोडफोड गरेपछि तीन जनालाई पक्राउ गरेको बताएका छन् ।
मदिरा सेवन गरी पुगेका युवाहरूले फार्मेसीको कम्युटर तोडफोड गरेका थिए । चियानास्ता पसलमा तोडफोड गर्दै सात क्रेट अन्डा र सिसाको ग्लास फुटाएका थिए ।
प्रहरीका अनुसार बेलुका करिब सवा ८ बजे होहल्ला गर्दै उनीहरू सटरमा बियरको बोतल प्रहार गरेका थिए । तोडफोडमा संलग्नलाई प्रहरीले शनिबार राती नै नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकाहरूलाई मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन् ।














Discussion about this post