सुनसरीको बराहक्षेत्र नगरपालिका भरौलमा शशस्त्र प्रहरीको दादागिरी भएको स्थानीयले गुनासो गरेका छन् ।
भरौल चोकमा चेकिङको क्रममा प्रहरी जवानलाई सईको कमाण्डले कुटपिट गरेको छ । विराटनगरमा कार्यरत एक प्रहरी जवानलाई औषधी किनेर आउने क्रममा सुरक्षा बेस क्याम्पबाट सई शिवराम वास्तीको कमाण्डमा खटिएको प्रहरीहरुले कुटपिट गरेको हो । ती प्रहरी जवानले विराटनगरबाट आफ्ना बुवालाई औषधी किन्नकै लागि आएको र औषधी लिएर आउने क्रममा कुटपिट गरेको स्थानीयले बताएका छन् । चेकिङमा बसेका प्रहरीहरुले सोधखोज गर्दा उनले आफ्नो समस्या बताएपनि शशस्त्रले नमानेपछि सामान्य विवाद भएको थियो ।
स्थानीयका अनुसार शशस्त्रले भरौल क्षेत्रमा दादागिरी देखाउँदै आएको छ । घरमै आएर किन आँगनमा उभिएको भन्ने, उठबस गराउँने गर्ने गरेका छन्, एक युवाले टाकुरासँग टेलिफोन सम्पर्कमा भने, घरको आँगनमा पनि बस्न नपाएको अवस्था छ, यहाँ शशस्त्रको दादागिरीका कारण स्थानीयबासी त्रसित छन् ।
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...















Discussion about this post