इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोक्राहा–नरसिंह ५ का १८ वर्षीय प्रवेज आलम र २१ वर्षीय सुरज भुजेल रहेका छन् ।
पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सिपियु ३ थान, एलइडी ३ थान, प्रोजेटर मेसिन १ थान र पानी तान्ने मोटर थान २ चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरूको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरू बरामद गरिएको हो ।
दुवै जनाले रातको समयमा हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाबी काटेर समानहरू चोरी गरका थिए ।
बरामद भएको समानसहित चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post