झापा : झापाको दमक नगरपालिका बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका ४ मा डेरा गरी बस्दै आएका ३४ वर्षिय मोहमद इस्ताका रहेका छन् ।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले इस्ताकालाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैया र १ थान मोवाइल फेला परेको हो ।
प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post