विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ भने २ लाख ६ हजार बढीको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबारसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ४ सय ३६ पुगेको छ ।
हालसम्म कोरोना भाइरसका कारण २ लाख ६ हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार ७ सय ७ जना उपचारपछि निको भई घर फर्केका छन्।
अहिले विश्वमा १९ लाख ८ हजार ७ सय ५६ जना कोरोना संक्रमित उपचारत छन्।
उपचारतमध्ये ५७ हजार ६ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ।
नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्किसकेक छन्।
Discussion about this post