तरहरा : नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सुनसरीको अध्यक्षमा इटहरी २० तरहरा निवासी नवीन गुरुङ निर्वाचित भएका छन् ।
संघको नयाँ सदस्य तथा नवीकरण सदस्यहरूको नामावली सार्वजनिकमा विवाद देखिएपछि गत मंसिर २८ गते सम्पन्न फोनिजको अधिवेशनको बन्द सत्र स्थगित भएको थियो ।
फोनिजको प्रदेश समितिको रोहबरमा सोमबार सम्पन्न निर्वाचन समितिको बैठकले अध्यक्ष गुरुङलाई सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा राई, सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी रहेका छन् ।
यस्तै, सदस्यहरूमा बसन्त बान्तवा, मौसमी लिम्बू, विश्व राई, रश्मी प्रधान, स्वर्णिम हाङ फोम्बो र कमला चौधरी रहेका छन् । १३ सदस्यीय जिल्ला कार्यसमितिमा बाँकी रहेका दुई सदस्या नयाँ कार्यसमितिले चयन गर्ने अधिकार दिएको छ ।
Discussion about this post