झापा : झापाको कचनकवल गाउँपालिका ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट गएको प्रहरी टोलीले कचनकवल गाउँपालिका ७ का २४ वर्षीय बिनोद बस्नेत र १८ वर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित मंगलवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post