झापा : झापाको मेचीनगर नगरपालिका ६ मेची भन्सार कार्यालयको गेट अगाडिबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङ रहेका छन् ।
आज (शनिबार) जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगर ५० ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङमाथि इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post