कोरोना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउने अमेरिकामा रहेका छन्। संक्रमितहरुको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा नै रहेको छ। हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६० पुगेको छ, भने ५५ हजार ४ सय १३ जनाका मृत्यु भइसकेको छ।
त्यस्तै, स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना भाइरस संक्रमित देखिएकोमा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरस संक्रमतिको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुगेको छ। यीमध्ये २६ हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ।
फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६२ हजार १ सय रहेको छ, जसमध्ये २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म ५ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ।
बेलायतमा संक्रमितको कूल संख्या १ लाख ५२ हजार ८ सय ४० पुगेको छ भने २० हजार ७ सय ३२ जनाको मृत्यु भइसकेको छ। टर्कीमा कोरोना भाइरस संक्रमित १ लाख १० हजार १ सय ३० पुगेका छन्। यीमध्ये २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ।
इरानमा ९० हजार ४ सय ८१ कोरोना भाइरस संक्रमित रहेकोमा ५ हजार ७ सय १० जनाले ज्यान गुमाइसकेका छन्। चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ३० पुगेको छ, जसमध्ये ४ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।
रुसमा ८० हजार ९ सय ४९ जना कोरोना संक्रमितको संख्या रहेको छ। यीमध्ये ७ सय ४७ जनाको मृत्यु भएको छ। ब्राजिलमा ६२हजार ८ सय ५९ कोरोना संक्रमित रहेकोमा हालसम्म ४ हजार २ सय ७१ जनाको मृत्यु भइसकेको छ।
कोरोनाका कारण क्यानाडामा २ हजार ५ सय ६०, बेल्जियममा ७ हजार ९४, नेदरल्याण्ड्समा ४ हजार ४ सय ७५, स्वीट्जरल्याण्डमा १ हजार ६ सय १०, आयरल्याण्डमा १ हजार ८७, स्वीडेनमा २ हजार १ सय ९४, पोर्चुगलमा ९ सय ३ र भारतम ८ सय ८१ जनाले ज्यान गुमाइसकेका छन्।
Discussion about this post