झापा : झापाको मेचीनगर नगरपालिका १० स्थितबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर १० का ३२ वर्षीय विक्रम प्रसाईँ र मेचीनगर ९ का ४४ वर्षीय संजय खडका रहेका छन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले प्रसाईँको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई प्रतिवन्धित लागूऔषध ब्राउनसुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैँयासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका प्रसाईँ र खडकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post