झापा : झापाको दमक नगरपालिका २ हुम्से–दुम्से सामुदायिक जंगलमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इलाम माईसेबुङ गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र राई र १९ वर्षीय नुवसन मुखिया रहेका छन् ।
शुक्रबार (आज) बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरू सवार मे ३ प ५६६२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।












Discussion about this post