रौतहटमा दुई जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले संक्रमणको पुष्टि गरेका छन् ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएको बताइएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । उनीहरू निकट रहेकाहरूको पिहचान गिर निगरानी शुरू गरिएको चन्द्रपुरअस्पतालका निमित्त प्रमुख डा। श्यामवाबु साहले जानकारी दिए ।
Discussion about this post