धरान : फोटो पत्रकार महासंघ सुनसरीले हरेक ग्राहकको घरघरमा पत्रिका पुर्याउँदै आएका पत्रिका वितरकहरुलाई राहत सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण लकडाउनले गर्दा सम्पूर्ण पत्रपत्रिकाहरु बन्द भएकाले उनीहरुको लागि राहतको सहयोग गरिएको फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले जानकारी दिए ।
उनले फोटो पत्रकार महासंघले पत्रिका वितरक मात्र नभई आवश्यक परेको बेला पत्रकारहरुलाई समेत राहत प्रदान गर्ने बताए । उनले आवश्यक परे अन्य सहयोगी संस्थाहरुसँग सहकार्य गर्दै पत्रपत्रिकामा सम्बद्ध कोहीपनि भोकै नपरुन् भन्ने उद्धेश्यले राहतको कार्यक्रम ल्याईएको बताए ।
फोटो पत्रकार महासंघ सुनसरीले आज ४० जना पत्रिका वितरकहरुलाई राहत प्रदान गरेको थियो । जसमा प्रतिव्यक्ति १० केजी चामल १ केजी दाल, १ केजी नुन र आधा लिटर खाने तेल प्रदान गरिएको छ ।
तस्बिर : लक्ष्मण थापा
Discussion about this post