इटहरी : कोरोना भाइरस संक्रमण समूदायस्तरमै फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले १२ बुँदे आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले नयाँ १२ बुँदे आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार डिसिएमसिको बैठकले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरूमा माघ १५ गतेसम्म सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
यस्तै, माघ मसान्तसम्म सबैप्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिसहरू भेला हुने क्रियाकलापमा पनि रोक लगाएको छ ।
यस्तै, सार्वजनिक निकायहरूमा सेवाग्राहीहरूले अनिवार्य खोप लगाएको कार्ड देखाउने व्यवस्था लागू गर्ने पनि प्रशासनको आदेशमा छ । यस्तै, होटल तथा रेष्टुरेष्टहरूमा खोप कार्डको आधारमा मात्र प्रवेश गर्न दिइनुपर्ने उल्लेख छ ।












Discussion about this post