ताप्लेजुङ : ताप्लेजुङको मेरिङदिन गाउँपालिका ३ मा बिहीबार (आज) दिउँसो भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफैं अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मेरिङदिन गाउँपालिका १ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ट्याक्टरका चालक र सह–चालक घाइते भइ उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।














Discussion about this post