इटहरी (डेस्क) : झापा र पाँचथरबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको बिर्तामोड नगरपालिका ४ बाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका १० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका ४ का २७ वर्षीय पुर्णलाल लिम्बू रहेका छन् ।
उनीहरूलाई बिहीबार राति ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
यस्तै, पाँचथरको फिदिम नगरपालिका १ बाट ८ ग्राम ब्राउनसुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका १ की ३२ वर्षीया देवी लकान्द्री रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले लकान्द्रीको कोठा चेकजाँच गर्ने क्रममा ब्राउनसुगर बरामद गरेको हो ।
उनको कोठाबाट डिजिटल तराजु १ थान र उनले लगाएको सुरुवालमा लुकाई राखेको ब्राउनसुगर ८ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ।
ब्राउनसुगरसहित पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको पद्रेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।












Discussion about this post