इटहरी : इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्णविनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा, कला र साहित्य सृजना परिषद् गठन गरेको छ ।
उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका ब्यक्तित्वहरूको भेलाले परिषद् गठन गरेको हो । परिषद्को सह–संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय,
सचिवमा बद्री भिखारी, सह–सचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन् ।
सदस्यहरूमा रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिषेक तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नवीन न्यौपाने छन् । यस्तै, मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
उपप्रमुख गौतमका अनुसार परिषद्ले इटहरीको कला, साहित्य र संगीतको विकासका लागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरी इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गरिएको छ ।













Discussion about this post