धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी ८ की ७६ वर्षीया वृद्धा रहेकी छन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार उनको गएराति १० बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो ।
मृतकलाई कोभिड १९ विरुद्धको खोप पनि लगाइएको थियो । उनलाई हिजो नै संक्रमण पुष्टि भएर कोभिड अस्पतालमा भर्ना गरिएको थियो । शवको व्यवस्थापन नियमअनुसार भएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post