झापा : झापाको बिर्तामोड नगरपालिका ४ ओमशान्ति टोल बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो साँझ प्रहरी चौकी बिर्ताबजारबाट गएको प्रहरी टोलीले बिर्तामोड ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड ५ का १८ वर्षीय अर्वाज खानलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post