इटहरीको माया घरमा आश्रित एक किशोरीको मृत्यु भएको छ । उनको हिजो मृत्यु भएको हो ।
नाम, थर नखुलेकी उनी गत भदौबाट माया घरमा आश्रित रहेकी थिईन् । लाहानको एक सडकबाट ओरेक नेपालले भदौमा उनलाई उद्धार गरेको थियो ।
माया घरका अनुसार उद्धारपछि उनलाई अस्पतालमा उपचार गरियो । उपचार गरेपश्चात पनि उनको कम्मरभन्दा तलको भाग चलेन । पूर्ण रुपमा बोल्न नसक्ने उनको नाम, थर, र परिवार पनि पहिचान नहुँदा समस्या हुँदै आएको थियो ।
मृतक किशोरीको पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
सडकबाट उद्धार गरिएका चार दर्जन बढी माया घरमा आश्रित रहँदै आएका छन् ।
कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन
विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...













Discussion about this post