झापा : झापाको मेचीनगर नगरपालिका १५ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रन्जित गणेश रहेका छन् ।
प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध ब्राउनसुगर १५ ग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धूलाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post