विराटनगर : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।
एक कार्यक्रमकाबीच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विकासका कामहरू सबै मिलेर गर्नुपर्नेमा जोड दिए ।
उनले भने, विकास किन भएन, एक फुट जग्गा कट्यो भने ढुङ्गा लिएर उत्रने, अनि विकास भएन भनेर मोबाइलमा नेतालाई गाली गर्ने, यो प्रवृत्तिले पनि विकासका काममा अबरोध आउने गरेको छ । त्यसकारण विकासका काममा सबै मिलेर जानुपर्छ ।
सोही कार्यक्रमको अवसर पारेर लायन्स क्लब र लियो क्लब विराटनगरको आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
रक्तदानमा ३३ पिन्ट रगत सङ्कलन भएको आयोजकले जनाएको छ ।














Discussion about this post