इटहरी : सुनसरीको कोसी गाउँपालिका ८ स्थित भण्टाबारी बजारबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका १२ का २९ वर्षीय धनकुमार विश्वकर्मा रहेका छन् । सीमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post