धरान : धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ ।
मङ्गलबार (आज) धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका हुन् ।
कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिकाले यहाँ रहेका कृषकहरूको व्यवसाय प्रर्वद्धन र सहजताका लागि आधूनिकीकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरू ल्याएको हो ।
तीमध्ये पनि किसानहरूको पेशालाई प्रर्वद्धन गर्नका निम्ति खेतबारी जोत्ने पावर ट्रिलर कृषकलाई प्रदान गरिएको उनले बताए ।
कृषकहरूको २५ प्रतिशत लगानी र नगरपालिकाको ७५ प्रतिशत लगानीमा प्रतिगोटा ६४ हजार रुपैयाँमा पावर ट्रिलर खरिद गरिएको मेयर राईले बताए ।
धरानका वडा नं. ४, ५, ६ र २० कृषि जोनको रूपमा रहेको बताउँदै उनले यस क्षेत्रका किसानहरूलाई कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको बताए ।
Discussion about this post