झापा : झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सोमबार (आज) बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ बर्षीय अनिता लिम्बूलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
चक्कु प्रहार गर्ने तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post