झापा : झापाको बिर्तामोडस्थित भिन्नाभिन्नै ठाउँबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका ४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९ वर्षीय उतम बर्देवा रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउनसुगर ५ ग्रामसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउनसुगर ८०० मिलिग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post