झापा : झापाको मेचीनगर नगरपालिकामा लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मेचीनगर ५ स्थित मेचीखोला बगरबाट लागूऔषधसहित २ जना र मेचीनगर ६ बाट १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर ३ का १९ वर्षीय अभिषेक श्रेष्ठ, भारत दार्जिलिङका २२ वर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई १ का २३ वर्षीय जोसेफ थापा रहेका छन् ।

मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र प्रधानलाई सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउनसुगर २५० मिलिग्राम र क्याप्सुल २०४ पिस, ट्याव्लेट १ पिससहित बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post