झापा : झापाका छुट्टाछुट्टै २ स्थानबाट लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्लाको भद्रपुर नगरपालिका ५ नँया बजारमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका ९ का २६ वर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका ३ का २२ वर्षीय संजीव बोहरालाई लागूऔषध नाईट्राजेपाम ४५० ट्याबलेट र ट्रामाडोल १६ क्याप्सुलसहित वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ ।
यस्तै, अर्जुनधारा नगरपालिका ११ मा प्रदेश १–०१–००२ ह १०१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिटमुनि लुकाइछिपाइ राखेको लागूऔषसहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अटोचालक भद्रपुर १ का २३ वर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ वर्षीय युगल खत्री र २४ वर्षीय शंकर लिम्बू रहेका छन् ।
उनीहरूको साथबाट लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post