नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुलाई खाद्यान्न सामाग्री दिएको छ ।
ग्रामीण भेगमा रहेका पत्रकारहरुलाई प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आज प्रेस युनियन बराहक्षेत्र शाखामार्फत दुई सञ्चारकर्मीहरुलाई खाद्यान्न वितरण गरेका हुन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर अहिले लकडाउनका कारण समस्यामा रहेका सञ्चारकर्मीहरुलाई खाद्यान्न सहयोग प्रदान गरिएको अधिकारीले बताए ।
उनले पत्रकारहरुले फुटेर भन्दा पनि जुटेर काम गर्नुपर्ने बताए ।
युनियन बराहक्षेत्र शाखाका सभापति संगम बिष्टमार्फत सन्चारकर्मीलाई खाद्यान्न वितरण गर्ने गरि केन्द्रीय सदस्य हेमराज दाहालले खाद्यान्न दिएका थिए ।
Discussion about this post