इटहरी : सुनसरीका दुई भिन्नाभिन्नै स्थानबाट प्रहरीले अवैध औषधीसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सालवन्दी २ का २१ वर्षीय अर्जुन कार्की, सालबन्दी ६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान १५ मिलन चोकका १९ वर्षीय अमन गुरुङ रहेका छन् ।
कार्की र श्रेष्ठलाई बुधबार प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दीस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको प्र १–०२ ००३ ह ३६३७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोमा लुकाईछिपाई ल्याउदै गरेको अवैध औषधीसहित पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ट्रामाडोल १७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, अस्थायी प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरी टोलीले गुरुङलाई ३,४०० ट्याव्लेट ट्रामाडोल र ३,४०० ट्याव्लेट स्पास्पेनसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post