झापा : झापाको मेचीनगर नगरपालिका ५ पीपलडाँडा चौकस्थित फाल्गुन २५ गते मृत फेला परेकी स्थानीय ६८ वर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घाँस काट्न गएकी कुवँर साँझसम्म घर नफर्किएपछि उनका श्रीमान जगत कुँवरले खोजतलास गर्दै जाँदा घर देखि दुई सय मिटर टाढा बाँझो खेतमा राति पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए ।
घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गर्दा मेचीनगर ५ का २७ वर्षीय रणबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि सात दिनको म्याद थप गरी अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारणबारे पनि गम्भीर अनुसन्धान गरिरहेको जनाएकोछ ।













Discussion about this post