झापा : झापाको मेचीनगर नगरपालिका १२ कालिझोडाबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भइ मेचीनगर नगरपालिका १२ मा बस्दै आएका १८ वर्षीय अबिनारायण लिम्बू रहेका छन् ।
लिम्बूलाई इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ घरदेखि नै पक्राउ गरेको हो ।
लिम्बूको साथबाट प्रहरीले २१.३८ ग्राम लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका लिम्बूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।












Discussion about this post