झापा : झापाको दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ वर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङ्बारीका ३६ बर्षीय रेशबहादुर शार्की रहेका छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, अस्थाइ प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेशबहादुर शार्कीलाई घरमै ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post