इटहरी : सुनसरीको इनरुवा नगरपालिका ४ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ८ का २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोदकुमार सरदारलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ९६ ग्राम लागूऔषध ब्राउनसुगर तथा लागूऔषध ओसार पसारमा प्रयोग गरिएको बीआर–३८एस–०६२३ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ ।
घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post