झापा : झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका ३ धनकुटाका ३३ वर्षीया विनोद घिमिरे रहेका छन् ।
मंगलबार (आज) दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका घिमिरेलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २३ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका घिमिरेमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post